पोखरा ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ ।
जारी मतगणनामा नेपाली काँग्रेसले धेरै पालिकामा आगडि रहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार यो समाचार तयार पार्दा सम्म कांग्रेसले २६३ पालिका प्रमुखमा अग्रता लिएको छ भने २१४ उपप्रमुखमा अगाडी छ ।
यस्तै नेकपा एमाले १६४ पालिका प्रमुखमा अगाडी छ । उपप्रमुखमा १८४ स्थानमा अघि छ।माओवादी केन्द्रले १०० पालिका प्रमुख र १२२ उपप्रमुखमा अग्रता लिइरहको छ ।
जसपाले ३२ पालिका प्रमुख र ३६ उपप्रमुखमा अगाडि छ । एकीकृत समाजवादी १६ पालिका प्रमुख र १५ उपप्रमुखमा अगाडि छ । लोसपा १४ प्रमुख र १० उपप्रमुखमा अगाडि छ ।














