देशभर धेरै पालिका जित्नेमा कांग्रेस अगाडी (संख्यासहित)

केन्द्रभाग मिडिया

पोखरा ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ ।

जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ४१ पालिका प्रमुख र ४५ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ३७ पालिका प्रमुखमा जित हासिल गरेको छ । उपप्रमुखमा ३३ स्थानमा विजयी भएको छ ।

माओवादी केन्द्रले २२ प्रमुख र १७ उपप्रमुखमा जित हात पारेको छ । एकीकृत समाजवादीले २ पालिका प्रमुख र ४ उपप्रमुखमा जितेको छ ।

जसपाले २ उपप्रमुख जितेको छ लोसपाले भने खाता खोल्न सकेको छैन ।

  • २ जेष्ठ २०७९, सोमबार ०९:५६ प्रकाशित