पोखरामा अग्रता बढाउँदै गठबन्धनका मेयर उम्मेदवार धनराज

केन्द्रभाग मिडिया

पोखरामा अग्रता बढाउँदै गठबन्धनका मेयर उम्मेदवार धनराज

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन दलहरुको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

नौ हजार ९९३ मत गणना हुँदा आचार्यले चार हजार ४१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले तीन हजार ६५७ मत ल्याएका छन् । बिहाना बिहान ९ः१५ बजे सार्वजनिक गरिएको नतिजा अनुसार महानगरको वडा नम्बर १, २,१२,२३, २४ र २५ मा मतगणना भइरहेको छ ।

मेयर पदमा राप्रपा उम्मेदवार शंकर खरालले ५०० र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २३२ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेकी नेपाली कांग्रेसकी कोपिला रानाभाटले चार हजार १११ मत ल्याएकी छन् ।

नेकपा एमालेकी मञ्जुदेवी गुरुङले चार हजार १९१ मत ल्याएकी छन् । राप्रपा की उम्मेदवार रन्जना कुमारी सेन पौडेलले ७६६ मत प्राप्त गरेकी छन् ।

 

  • २ जेष्ठ २०७९, सोमबार ०९:५३ प्रकाशित