पोखरामा ३५ सय मत गन्दा गठबन्धनकै अग्रता, कुन उम्मेदवारको मत कति  ?

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरमा ३५ सय मत गन्दा गठबन्धनले नै अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १३ सय ४९ मतसहित अग्रता कायम राखेका छन् ।

उनलाई नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार कृष्ण थापाले १२ सय ५० मत सहित पछ्याइरहेका छन् । मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले १९३, अटेरी समूहका गनेस पौडेल (स्वतन्त्र)ले ७३ र विवेकसिल साझाकि सुशीला केसीले ८ मत ल्याएकी छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले १४ सय ५० मतसहित अग्रता कायम राखिराखेकी छन् ।

उनलाई एमालेको तर्फबाट उपमेयर उम्मेदवार मञ्जु गुरुङले १४०५ मतसहित पछ्याइरहेकी छन् । उपमेयरमा राप्रपाका रञ्जना सेन पौडेलले १७६ मत ल्याएकी छन् ।

  • १ जेष्ठ २०७९, आईतवार १८:५१ प्रकाशित