पोखरा ।
पोखरा महानगर उपेयरकी उम्मेदवार कोपिला रानाभाटले सर्वाधिक मत प्राप्त गरेकी छन् । तीन हजार मतगणना भइसक्दा कांग्रेस उम्मेदवार रानाभाटले निरन्तर अग्रता लिइरहेकी छन् ।
पछिल्लो मत परिणाम अनुसार रानाभाटले १ हजार २४६ मत प्राप्त गरेकी छन् । उम्मेदवार मध्य उनले सबै भन्दा धेरै लोकप्रिय मत पाएकी छन् । नेकपा एमालेकी उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई पछाडी पादै रानाभाटले निरन्तर दबाबमा राखेकी छन् ।
वडानम्बर १, २, १२ मा रानाभाटले निरन्तर अग्रता लिएकी छन् । वडानम्बर २३ को सय मत गणना गर्दा भने उनी एमाले उम्मेदवार गुरुङ भन्दा ३६ मतले पछि परेकी छन् । कुल मतमा गुरुङ भन्दा रानाभाट ८१ मतले अगाडी छन् ।
गठबन्धनका उम्मेदवार धनराज आचार्यले १ हजार १२१ मत प्राप्त गरेका छन् । आचार्यलाई पच्छाउदै एमालेका कृष्ण बहादुर थापाले १ हजार ४० मत प्राप्त गरेका छन् ।














