पोखरा ।
मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन विजयी भएका छन् ।गौचनले ११४४ मत पाए भने कांग्रेसका उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् ।
उपाध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचनले १११२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत ल्याइन् ।
यो सँगै मुस्ताङका ४ स्थानीय तहमा एमालेले जीत निकालेको छ ।














