पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसका युवराज कुँवरले अग्रता कायम गरेका छन् ।
उक्त गाउँपालिकाको वडा नम्बर ७ देखि ११ नम्बर वडाको मत गणनामा कांग्रेसका युवराज कुँवरले १९०४ मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका विष्णु केसीले १७७७ मतका साथ पछ्याइरहेका छन् ।
पालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसका खिमकुमारी गुरुङले २०४३ मत सहित उपाध्यक्षमा अग्रता लिएकी हुन् ।
उनलाई एमालेका उपाध्यक्ष उम्मेदवार चन्द्रकला अधिकारी देवकोटाले १७८५ मतसहित पछ्याईरहेकी छन् ।