ओलीको गृहनगर दमकमा गठबन्धन अगाडि

केन्द्रभाग मिडिया

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा महागठबन्धनले अग्रता लिएको छ ।

भर्खरै सार्वजनिक परिणामा अनुसार गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राम थापालाई २१८५ मतसहित अग्रता लिएका हुन् । थापालाई एमालेका उम्मेदवार गीता अधिकारीले २१३६ मतका साथ पछ्याइराखेको अवस्था छ ।

यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार रेगिना भट्टराईले २१३८ मत ल्याएकी छिन् । एमालेका अम्बिकाप्रसाद खनालले भने १९७७ मत मात्र पाएका छन् । उपमेयरमा भने काँग्रेस उम्मेदवार भट्टराईले १७२ मतको अग्रता बनाएकी छिन् ।

  • १ जेष्ठ २०७९, आईतवार ११:३७ प्रकाशित