अन्नपूर्ण गाउँपालिका अध्यक्षमा एमालेका विष्णु केसीको अग्रता

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा न ९, १० र ११ को मतगणना सकिदाँ सम्म गाउपालिका अध्यक्षमा नेकपा एमालेका विष्णु केसीले अगाडी रहेका छन् उनले १५०८ मत पाएका छन् । अर्का प्रत्यासी नेपाली कांग्रेसका युवराजले १३९२ मत ल्याउँदै केसीले पछ्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारी १४९६ मतसहित अग्रता लिएकी छिन् भने अर्का प्रत्यासी कांग्रेसकी खेमकुमारी गुरूङले १४३६ मत पाएकी छिन् ।

वडाध्यक्षमा पनि नेकपा एमालेले नै अग्रता लिइरहेको छ । एमालेले १९६ ,कांग्रेसले १९१ र स्वतन्त्रले १७४ मत पाएको छ।

  • १ जेष्ठ २०७९, आईतवार १०:१७ प्रकाशित