वालिङमा एमालेका कृष्ण खाँणको अग्रता, २१९ मतले दीलिप खाँण पछाडी

केन्द्रभाग मिडिया

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुखका उमेदवार कृष्ण खाँणको अग्रता कायमै छ ।

कृष्णले २३६० मत सहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी काग्रेसका दीलिप प्रताप खाणँले २१४१ मत सहित पछ्याइरहेका छन ।

उपप्रमुखमा काग्रेसकी कविता तिवारिले २३९२ मतसहित अग्रता लिएकी छन् ।

एमालेकी खगिसरा थापाले २०९० मत सहित उनलाई पछ्याएकी छन् । वालिङमा २६ हजार ७७४मत खसेको थियो ।

  • १ जेष्ठ २०७९, आईतवार ०९:४५ प्रकाशित