पोखराको मेयरमा आचार्यको अग्रता कायम, थापा भन्दा ३० मतले अगाडि

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् ।

मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १ सय ३३ मतान्तरले अग्रता कायम राखेकी छन् । रानाभाटले ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन् । उनकी प्रतिष्पर्धी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५ सय ८३ मत प्राप्त गरेर पच्छ्याईरहेकी छन् ।

त्यस्तै राप्रपाका शंकर खरालले ९८ मत प्राप्त गर्दा अटेरी उम्मेदवार गनेस पौडेलले ३६ मत प्राप्त गरेका छन् ।

 

  • १ जेष्ठ २०७९, आईतवार ०८:४६ प्रकाशित