माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुरको अग्रता कायम

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर गुरुङले अग्रता लिइहरका छन् ।

पछिल्लो मत गणना अनुसार गुरुङले तीन हजार ९३० मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धि विक्रम गुरुङले तीन हजार ५०६ मतसहित पछ्याईरहेका छन् ।

उपाध्यक्ष पदमा पनि कांग्रेसका सिता अधिकारीले ३५५६ मत सहित अग्रता लिइरहेकी छन् । उनलाई एमालेकी सिता तिवारीले तीन हजार २५५ मतका साथ पच्छ्याइरहेकी छन् ।

माछापुच्छ्रेमा अहिलेसम्म वडा नम्बर १ देखि ५ सम्म मतगणना भएको छ ।

  • १ जेष्ठ २०७९, आईतवार ०८:३६ प्रकाशित