पोखरा महानगरको मेयरमा ५०० मत गन्दा एमालेका थापा ७ मतले अगाडि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता कायम राखेका छन् । ५०० मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले १८६ का साथ अग्रता कायम राखेका हुन् ।

उनका प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १७९ मत ल्याएर थापालाई पच्छ्याइरहेका छन् ।

उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले २१० मतका साथ अग्रता लिएकी छन् । उनलाई एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले १८९ मत ल्याएर पच्छ्याइरहेकी छन् ।

पोखरामा मेयर पदमा आचार्य र थापा सहित २३ जनाले उम्मेदवारी दिएका थिए भने उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका थिए । पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

  • १ जेष्ठ २०७९, आईतवार ०२:०१ प्रकाशित