मतदान सम्पन्न भएकोको २३ घण्टापछि पोखराको मतगणना सुरु

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा मतदान सम्पन्न भएको २३ घण्टा पछि मत गणना सुरु भएको छ । नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा मत गणना सुरु गरिएको हो । दुई स्थानमा ८ खालमा मत गनिने छ ।

दुबै मतगणना स्थलको बाहिर दलका नेता र समर्थकहरुको ठूलो भिड छ । पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाका बीचमा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

गठबन्धन र एमाले दुबैपक्षले आफ्नो जीत निस्चित रहेको बताएका छन् । मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङका बीचमा मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

उपमेयरमा ८ जनाका बीचमा प्रतिस्पर्धा छ । पोखरा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ३२ हजार २२६ मत खसेको छ ।

  • ३१ बैशाख २०७९, शनिबार १६:२७ प्रकाशित