पोखरामा मत गणना स्थल बाहिर समर्थकको भीड, दुई बजे गणना सुरु हुने

केन्द्रभाग मिडिया

पोखरा  ।
पोखरा महानगरपालिकामा मत परिणामको जानकारी लिन दल र तिनका समर्थकहरु बिहानै देखि मत गणना स्थल जिल्ला समन्वय समिति कास्की र पोखरा नगरविकास समितिको हल बाहिर जम्मा भएर प्रतिक्षा गरिरहेका छन् । तर गणना भने दुई बजेबाट सुरुहुने भएको छ ।

सर्वदलीय बैठक बसेर दुई बजेबाट मत गणना गर्ने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।
गन्न ८ खाल गरेर गणना हुने प्रमुख निर्वाचन अधिकृत भट्टराईले जानकारी दिएका हु । मतगणना पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा हुने उनले बताएका छन् ।

पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाका बीचमा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

गठबन्धन र एमाले दुबैपक्षले आफ्नो जीत निस्चित रहेको बताएका छन् । मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङका बीचमा मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

उपमेयरमा ८ जनाका बीचमा प्रतिस्पर्धा छ । पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ३२ हजार २२६ मत खसेको छ ।

  • ३१ बैशाख २०७९, शनिबार १३:३१ प्रकाशित