देशभरका ३४ स्थानमा मतदान स्थगित, नयाँ मिति घोषणा गर्ने आयोगको तयारी

केन्द्रभाग मिडिया

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ ।

सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ ।

कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ । विभिन्न कारणले ११० स्थानमा मतदान स्थगित भएकामा ७६ स्थानको भने पुन सुचारु भएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार २०:०१ प्रकाशित