गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खस्यो

केन्द्रभाग मिडिया

पोखरा ।
प्रदेशका ११ वटै जिल्लाका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा समयमा सम्पन्न भएको छ । प्रदेशमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ६५ प्रतिशत मतदान भएको प्रारम्भि रिपोर्ट आएको बताए ।

प्रदेशका दुई हजार तीन सय मतदान स्थलमै शान्तिपूर्ण रुपमा मतदान भएको छ । मतदान पछि मुजुल्का उठाएर मत पेटिका ढुवानीका काम भइरहेको पराजुलीले बताए । । गण्डकीमा १६ लाख ६२ हजार २४० मतदाता छन् ।

यता कास्कीमा ६४ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् । ‘कास्की झण्डै ६४ प्रतिशत मत खसेको अनुमान गरेका रहेको उनले बताए । कास्कीमा दुई लाख ८१ हजार ९४० मतदाता छन् ।

पोखरा महानगरमा ६३ प्रतिशत मत खसेको छ । पोखरामा दुई लाख सात हजार ७०५ मतदाता छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मत पेटिका संकलनको काम भइरहेको छ । मतपेटिका संकलन गर्न करिब राती १० बजेसम्म लाग्ने भट्टराईले बताए ।
पोखरामा शनिबार मत गणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । शनिबार बिहान सर्वदलीय बैठक बसेर मतगणनाको समय तोकिने उनले बताए ।

अहिले मतदान केन्दबाट मतपेटिका उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिमा ल्याएर राख्ने काम भइरहेको छ । मतगणना पनि नगर विकास समिति र जिल्ला समन्वय समितिको कार्यालय परिसरमा हुने छ ।

आठ खालमा मतगणना गर्ने आयोगको तायारी छ । महानगरमा मेयरमा २३ र उपमेयरमा ८ जन प्रतिष्प्रर्धामा छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार १९:४२ प्रकाशित