मतदान केन्द्र कब्जामा लिएर मतपेटिका लुटियो

केन्द्रभाग मिडिया

रौतहट ।
रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।

प्रहरीका अनुसार चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका लुटेका हुन् ।

पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । त्यहाँ मतदान रद्द गरिएको  छ ।

 

  • ३० बैशाख २०७९, शुक्रबार १९:११ प्रकाशित