आजै बेलुकादेखि मतगणना सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ ।

पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ ।

मतदान सकिएपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मतगणना सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार १५:२६ प्रकाशित