दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।
प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए ।

  • ३० बैशाख २०७९, शुक्रबार १५:११ प्रकाशित