जगन्नाथ पौडेलको आरोप : मेरोविरुद्ध भरतपुरमा रातभरि पैसा बाडियो

केन्द्रभाग मिडिया

चितवन ।
भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन् ।

मतदान पछि आफू विरुद्ध राजनीतिक दलहरुले बिहीबार रातभरि षड्यन्त्र गरेर पैसा बाँड्नेदेखि मतदाताहरुलाई प्रभावित गर्ने कामसम्म भएको आरोप लगाएका छन् ।

राजनीतिक दलहरुले सत्ता र शक्तीको दुरुपयोग गरिरहँदा निर्वाचन आयोग मौन बस्नु एकदम धेरै पक्षपातपूर्ण भएको भन्दै नेता पौडेलले गुनासो समेत गरेका छन् ।

आयोगसँगको वैठकमा सबै नियम पालना गर्छु भनेर हस्ताक्षर गरे पनि व्यवहारमा नैतिकता शून्य देखिएको बताएका छन् ।

नेपाली कांग्रेसका पौ डेल पार्टीको सहमति विपरित भरतपुर महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार गरेका उनलाई पार्टीले निष्काशित गरेको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार १०:५९ प्रकाशित