डोटीको दुई केन्द्रमा मतदान स्थगित

केन्द्रभाग मिडिया

डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो ।

मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका परिवारका सदस्यको सहयोगमा खसाले पछि उमेदवार बीच विवाद भएको थियो । राधाकृष्ण माविमा रहेको मतदान केन्द्र को मतदान प्रक्रिया एक घण्टा स्थगित भएर पुनः सुरु भएको छ भने लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको छ ।

जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर मतदान प्रक्रिया अगाडि बढाउने मतदान अधिकृत प्रकाश बहादुर आलेले बताए । उम्मेदवार र दलहरुलाई सहमतिका लागि अनुरोध गरिएको उनले बताए ।

लाटामाण्डौं माविको मतदान प्रक्रिया रोकिएको दुई घण्टा बितिसक्दा पनि सहमति जुट्न सकेको छैन । सो केन्द्रमा अहिलेसम्म ७२ मत मात्रै खसेको छ ।

 

  • ३० बैशाख २०७९, शुक्रबार १०:१४ प्रकाशित