स्वतन्त्र उम्मेदवार गनेश पौडेलले गरे मतदान

केन्द्रभाग मिडिया

पोखरा ।

अटेरी अभियानका मेयर पादका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् । पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

यस्तै नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् । थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।

भने नेकपा एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले पनि पोखरा–३३ को शान्तीउदय माविमा मतदान गरेका छन् ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:४५ प्रकाशित