रेनु दाहालले गरिन् मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही स्थानबाट मतदान गरेका थिए ।भरतपुरमा कांग्रेसका जगन्नाथ पौडेल पनि मेयरका उम्मेदवार हुन् । उनको उम्मेदवारी फिर्ता गराउन निकै नै कोसिस गरे पनि उनले उम्मेदवारी फिर्ता लिएनन् ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:४७ प्रकाशित