मतदानकै क्रममा दोलखामा गोली चल्यो

केन्द्रभाग मिडिया

मतदानकै क्रममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए । झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताइएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:२७ प्रकाशित