स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भएका छन् । सुरुवाती समयमा केही मतदाता उपस्थित भए पनि ८ बजे पछि मतदान केन्द्रमा मतदाताको उपस्थिति बढ्दै गएको छ ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकासहित ७५३ स्थानीय तहले नयाँ नेतृत्व पाउनेछन् ।निर्वाचनबाट ३५ हजार २२१ जना जनप्रतिनिधि चयन हुनेछन् ।

चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् । उनीहरुमध्ये ८९ लाख ९२ हजार १० पुरुष र८७ लाख ४१ हजार ५३० महिला हुन् । चुनावी सुरक्षाका लागि साढे २ लाख सुरक्षाकर्मी खटाइएको छ ।

बेलुका ५ बजेसम्म मतदान जारी रहने आयागले जनाएको छ ।

  • ३० बैशाख २०७९, शुक्रबार ०८:१६ प्रकाशित