मौनअवधिमा भोट माग्ने एमाले उपमहासचिव गुरुङलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

केन्द्रभाग मिडिया

काठमाडौं ।

मौन अवधिमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भोट मागेका नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।

उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो ?’ भन्दै आयोगले गुरुङलाई सोधिएको स्पष्टीकरणमा प्रश्न गरिएको छ।

एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो एकाउन्टबाट बुधबार बिहान ८ : १० बजे भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो ।

  • २९ बैशाख २०७९, बिहीबार ०८:५९ प्रकाशित