जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस हुने

केन्द्रभाग मिडिया

सरकारले आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने कार्ययोजना बननएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले बताए ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी छिन् । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल जेठ ८ देखि ११ गतेसम्म हुने प्रवक्ता पाण्डेले जानकारी दिए ।

आज बुधवार न्युज एजेन्सी नेपलसँग कुरा गर्दै प्रवक्ता पाण्डेले बजेट अधिवेशनका लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताए। उनले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको उल्लेख गरे ।

  • २८ बैशाख २०७९, बुधबार १७:३६ प्रकाशित