जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा : शुक्रबारको हाल्फ छुट्टि भने नहुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।

आज बसेको शिक्षा मन्त्रालयको बैठकले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवार बाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।

त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै विदालार्य कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।​

  • २८ बैशाख २०७९, बुधबार १६:०९ प्रकाशित