मतदातालई पैसा बाड्न गएको आरोपमा बुटवलका मेयरका उम्मेदवार भट्टराइ श्रीमती प्रहरीको नियन्त्रणमा

केन्द्रभाग मिडिया

बुटवल ।
बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुटवल ११ मजुवामा सिर्जना भुसालको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।  सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई घर मित्रै थुनेका थिए । त्यस पछि उक्त क्षेत्रमा प्रहरी पुगेको थियो ।

उनी मतदातालाई पैसा बाँड्न गएको आरोप स्थानीयले लगाएका छन्। त्यस पछि उक्त क्षेत्र तनावग्रस्त भएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १६:१० प्रकाशित