आफूविरुद्ध लगाइएको १४ आरोप प्रमाणित गर्न एन्फाका अध्यक्षलाई गणेश थापाको चुनौती

केन्द्रभाग मिडिया

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् ।

बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके कर्माछिरिङ एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी हुने थापाको चेतावनी छ ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा थापाले शेर्पाले विभिन्न अनलाईन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तर्वार्ताको क्लिप थापाले सार्वजनिक गरेका हुन् । थापाले कपोल्कपित आरोप लागेको र त्यो आरोप प्रमाणित गर्नुपर्ने चुनौती दिए ।

‘उहाँले लगाएका कपोकल्पित आरोपहरुका कारण आम फुटबलप्रेमीमा फिफाले मलाई कारवाही गरेको तर त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँही सफाई दिएको भन्ने भ्रम पर्न गएको छ । त्यसकारण अब यो विवादको अन्त्य हुन जरुरी छ ।

म र मेरो परिवार अब लामो समयसम्म मानसिक पीडामा बसिरहन चाहन्नौं । यसअर्थमा अब उहाँसँग दुई विकल्पमात्र बाँकी छन् । उहाँले ममाथि लगाएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ त्यसो भए म कार्बाही भोग्न तयार छु । अन्यथा एन्फा विधानको धारा ८ र फिफाको कोड अफ इथिक्सको आर्टिकल ५८ को बुदा नम्बर ३ अनुसार उहाँले काबाही भोग्नुपर्छ ।

एन्फा र फिफाको विधानअनुसार पनि कुनै निर्दोष व्यक्तिउपर कुनै निराधार आरोप लगाउन पाइन्न । कसैमाथि लगाएको आरोप झुठो सावित भएमा आरोप लगाउनेमाथि कारबाही हुने फिफा कोड अफ इथिक्समा स्पष्ट रुपमा लेखिएको छ,’ थापाले भने ।

  • २८ बैशाख २०७९, बुधबार १५:५७ प्रकाशित