काठमाडौं ।
चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह घटेको छ ।
चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण०)०.६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक उल्लेख गरिएको छ । तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा ०.६ प्रतिशतले रेमिट्यान्स आप्रवाह घटेको हो ।
यस अवधिमा नेपालमा विदेशबाट ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ भित्रिएको छ । यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले घटेर अहिलेसम्म ६ अर्ब ५ करोड डलर भित्रिएको छ । गत वर्ष यस्तो आप्रवाह १३।१ प्रतिशतमा सीमित थियो ।
विदेश जानेको सङ्ख्या बढ्यो
चालू आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह सामान्य गिरावट आएपनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । अहिलेसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिने नेपालीको सङ्ख्या ह्वात्तै बढेको छ ।
अहिलेसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५६ हजार ३१ जना पुगेको छ । अहिलेसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार ६२९ पुगेको छ ।