काठमाडौं ।
आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।
बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९: ३० देखि ४ बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३: ३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ ।