एजेन्सी ।
युक्रेनमा एउटा भवनको भग्नावशेषबाट ४४ वटा शव फेला परेको छन् । रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेको बीबीसीले जनाएको छ ।
गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् ।