दुर्गमका मतगणनास्थलमा सीसीटीभी ‘असम्भव’: भीडीओ रेकर्ड गरिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो ।

त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी असम्भव भएको हो ।

करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा जडान हुने भएको आयोगले जनाएको छ । दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

  • २८ बैशाख २०७९, बुधबार १३:१६ प्रकाशित