गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत मागे भोट

केन्द्रभाग मिडिया

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् ।

आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भोट मागेका हुन् ।

मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भइसकेको अवस्थामा उनले भोट मागेका हुन् ।

  • २८ बैशाख २०७९, बुधबार १३:०३ प्रकाशित