एमाले कार्यकर्ताको अपहरणपछि हत्या : उम्मेदवारसहित माओवादीका तीन कार्यकर्ता पक्राउ

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुकुमपूर्वमा माओवादीका कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएपछि झडप भएको थियो । सो झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए ।

घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई अपहरण गरिएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि उनको शव भेटिएको थियो ।

रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ ।सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।

  • २८ बैशाख २०७९, बुधबार ०९:३९ प्रकाशित