कास्कीमा २ हजार ३७५ सुरक्षाकर्मी परिचालन : निर्धक्क भई भोट हाल्न आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

निर्वाचन सुरक्षाका लागि ९४३ जना नेपाल प्रहरी र १४३२ जना म्यादी प्रहरी गरि १३७५ सुरक्षाकर्मी परिचालन गरिएको कास्की प्रहरी प्रवक्ता (डिएसपी)सुन्दरमणि तिवारीले बताए ।

उनको अनुसार सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ । डिएसपी तिवारीले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएकाले मतदातालाई निर्धक्क भई मतदान केन्द्रमा गई मत हाल्न आग्रह गरे ।

कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेशमा कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएका छन् । ५ स्थानीय तह रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् ।

यसैबीच स्थानीय तह निर्वाचनको लागि कास्कीका कर्मचारीहरु निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्पm हिजै(बुधबार) लागि सकेका छन् । कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ गएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान बुझेका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुलीले गण्डकीका ११ जिल्लामा करिब २० हजार जना कर्मचारी परिचालित भएको बताए ।

  • २८ बैशाख २०७९, बुधबार ०९:०३ प्रकाशित