कांग्रेसले जे भन्छ, त्यो गर्छ, भ्रममा पार्दैन : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बोल्ने मात्र नभई काम पनि गरेर देखाउने बताएका छन् ।

देउवाले अन्य दलले खोक्रो नारा र सस्तो लोकप्रियताको कुरा मात्र गरेर जनतालाई भ्रममा पार्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने जिकिर गरेका हुन् । उनले भने, ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ ।’

निर्वाचन आउन अब तीन दिन मात्र बाँकी रहँदा देउवाले आज(मंगलबार) अपिल जारी गर्दै उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन आह्वान गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले सवल स्थानीय सरकार र समुन्नत गाउँ, नगर स्थापनाका लागि कांग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन् ।

  • २७ बैशाख २०७९, मंगलवार १४:३० प्रकाशित