गृहमन्त्री खाँणकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेसको आक्रमण

केन्द्रभाग मिडिया

रुपन्देही ।

गृहमन्त्री बालकृष्ण खाणको पालिका रहेको रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मी घाइते भएका छन् ।

आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि भागमा गहिरो चोट लागेको छ भने रेग्मीको अवस्था सामान्य छ । सोमबार राति स्थानीय कांग्रेस कार्यकर्ता सन्जीव भुसाल, प्रविन खड्का, इश्वर केसी, लक्ष्मण राना लगायत ७–८ जनाको संख्यामा राति साढे ११ बजेतिर आएका कांग्रेस कार्यकर्ताले उनीहरुमाथि आक्रमण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय मंगलापुरले घटनाको विषयमा थप अनुसन्धान भैरहेको बताएको छ।

  • २७ बैशाख २०७९, मंगलवार १३:५९ प्रकाशित