पोखराका मेयर मानबहादुर जिसीलाई निर्वाचन अयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

केन्द्रभाग मिडिया

पोखरा ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत पुल उद्घाटन गरेका जिसीलाई २४ घण्टेस्पष्टिकरण सोधिएको हो ।

मंगलबार अपराह्न पाँच बजेसम्म लिखित जवाफ दिन भन्दै स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता २०७८ लाई लत्याउँदै मेयर जिसी, दुई वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल सोमबार पुल उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

उनले सोमबार पोखरा ४ र ५ जोड्ने फिर्के खोलामाथिको मोटरेबल पुल उद्घाटन गरेका हुन् ।

  • २७ बैशाख २०७९, मंगलवार १०:३१ प्रकाशित