कपिलवस्तुमा उपमेयरका उम्मेदवारको मृत्यु

केन्द्रभाग मिडिया

बुटवल ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण मृत्यु भएको छ ।

उनको राति १ बजे उनको निधन भएको हो ।राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी नेपाली काँग्रेसकाका तर्फवाट उम्मेदवार रहेकी थिइन् । २०७४ को निर्वाचनमा उपमेयरमा निर्वाचित कुर्मी यसपटक पनि नेपाली कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी थिइन् ।

चुनावी दौडधुप तीब्र भैइरहेको बेला कूर्मीको मृत्युले महाराजगन्ज स्तब्ध बनेको छ । अब सो पालिकाको निर्वाचन के हुने भन्ने विषय अन्योलमा देखिएको छ ।

  • २७ बैशाख २०७९, मंगलवार १०:१४ प्रकाशित