एमालेको वडाध्यक्ष उम्मेदवारको मृत्यु

केन्द्रभाग मिडिया

Dead body in a mortuary

दाङ ।

नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको हो । चौधरीको सोमबार राति मृत्यु भएको हो ।

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।

  • २७ बैशाख २०७९, मंगलवार ०८:५६ प्रकाशित