काठमाडौं ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख पदका उमेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा (माले)को तर्फबाट उम्मेदवार बनेका लम्साललाई सोमबार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वागत गरे । उनले कांग्रेसका तर्फबाट प्रमुख पदका उमेदवार कृष्णराज पण्डित नेतृत्वको गठबन्धन टिमलाई समर्थन रहेको घोषणा गरे ।














