वालिङ ।
स्याङ्जामा मान्छेलाई आक्रमण गर्नेे चितुवालाई मारेका छन् । स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले आज बिहान मारेका हुन् ।
बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण भएको थियो।
मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयले दाउराले टाउकामा हानेर मारेका हुन्।चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोकका ४३ वर्षीय गोतामे घाइते छन्। गोतामेको कान, टाउको र हातमा चोट लागेको छ।