विप्लव संसदवादमा फस्न लागेकाले नेकपा बहुमत गठन भयो : संयोजक बास्तोला

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं । विप्लव नेतृत्वको पार्टीबाट निलम्बनमा गरेका नेताहरुले नयाँ पार्टी गठन गरेका छन् ।

उनीहरुले नेपाल कम्युनिष्ठ पार्टी बहुमत नामको पार्टी गठन गरेका हुन् । नेकपाका का महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको हो।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।

कतिपय केन्द्रिय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्विकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नु परेको संयोजक बास्तोलाले बताए ।

बास्तोलाले नयाँ आफ्नो पार्टीको कार्यनीति बैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे ।

  • २६ बैशाख २०७९, सोमबार १४:४८ प्रकाशित