हालसम्म पाँच म्यादी प्रहरीको मृत्यु , ४८ जना बर्खास्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् ।

ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक(एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी(६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका(६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ११ जना बर्खास्तमा परेका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट ९ जना, वाग्मती, गण्डकी र कर्णालीबाट ८र८ जना र मधेश प्रदेशबाट ४ जना म्यादी प्रहरीलाई कारबाही गरिएको हो ।

  • २६ बैशाख २०७९, सोमबार ०९:०९ प्रकाशित