रुपामा कांग्रेसको जित निश्चित भइसक्यो : उम्मेदवार गीमाया गुरुङ

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट कास्कीको रुपा गाउँपालिकामा अध्यक्षकी उम्मेदवार गीमाया गुरुङले जित निश्चित भएको बताएकी छन् । गाउँगाउँमा मतदाता रुखमा मतदान गर्न आतुर रहेको गुरुङले दाबी गरिन् । चुनावी कोणसभालाई सम्बोधन गदैँ गुरुङले २०७४ को निर्वाचनमा प्राविधिक कारणले कांग्रेस पराजित भयो यस पटक पार्टी एकजुट भएर निर्वाचनमा होमिएको उनले बताइन् ।

रुपामा कांग्रेस एकजुट भएर निर्वाचनमा होमिएको छ, सांगठनिक हिसावले पनि हामी बलियो छौँ, स्वतन्त्र मतदाताको पनि हामीलाई समर्थन छ, उनले भनिन् । वितेका पाँच वर्ष रुपामा विकास भन्दा पनि राजनीतिक विभेद भयो, जनता यस पटक परिवर्तनको पक्षमा छन्, हाम्रो जित निश्चित भइसक्यो । रुपमामा कांग्रेसको चुनावमा झण्डा गाडीछाड्ने उनले बताइन् ।

उम्मेदवार सहितको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको प्रचारप्रसार समितिले जनाएको छ । रुपामा आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जिवन परियार लगायतका नेता पुगेका छन् । कांग्रेसका तर्फबाट रुपमा अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

  • २५ बैशाख २०७९, आईतवार १९:२८ प्रकाशित