निजी विद्यालय भन्छन्,‘दुई दिन विदा दिने सरकारको निर्णय मान्दैनौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निजी विद्यालय संचालकहरुले दुई दिन बिदा दिने भनि गरेको निर्णय नमान्ने भएका छन् । उनीहरुले सरकारे यो निर्णय शिक्षा क्षेत्रमा अव्यवहारिक भएको भन्दै नमान्ने जनाएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरुले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यन्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाईमा नकारात्मक असर पर्ने भएकोले नमान्ने स्पष्ट धारणा राखेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय संचालक नेपाल ९एनप्याबसन०का सहअध्यक्ष सुवास न्यौपानेले बताए। दुई दिन विदा दिदाँ विद्यार्थीको सिकाईमा नकरात्मक असर पर्ने र सिकाई अपूरो हुने भन्दै निर्णय नमान्ने न्यौपानेले बताए ।

राष्ट्रिय पाठ्यक्रमले तय गरे अनुसार एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाई हुनुपर्छ। भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संचालक संघ ९हिसान०का महासचिव लोकबहादुर भण्डारीले पनि सरकारी कार्यालयहरुमा दुई दिन विदा सान्दर्भिक भए पनि शिक्षा क्षेत्रमा असान्दर्भिक भएको जनाए।

  • २५ बैशाख २०७९, आईतवार १६:४९ प्रकाशित