काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन आउँदो असार १७ गतेपछि टुट्ने बताएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनको मुखैमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ओलीले यो गठबन्धन बढीमा असार १७ सम्म जाने बताएका हुन् ।
‘असार १७ मा गठबन्धन नरहने आधार के हो रु माओवादी केन्द्रसँग लगातार कुरा भइराखेको भन्ने छ, विश्वासको आधार त्यही हो र?’ भन्ने पत्रकारको प्रश्नमा भने ओली यो आफ्नो कुरा नभएको भन्दै ज्योतिषहरूको कुरा भएको बताए ।
‘असारपछि यो गठबन्धन रहँदैन, यो मेरो भनाइ होइन, ज्योतिषीहरूको भनाइ हो,’ ओलीले भने,














